काठमाडौंमा युवाद्वारा ‘एक घर एक बिरुवा’ अभियान शुरु


  • thebuddhaexpress

यस वर्ष “Only One Earth” नाराका साथ जेठ २२ गते ५० औं विश्व वातावरण दिवस मनाइएको हो।

विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा ‘एक घर एक विरुवा अभियान’ सञ्चालन गरिएको छ। युवा रेडक्रस सर्कल त्रि-चन्द्र क्याम्पस र भिजन ग्रीन नेपाल संस्था को संयुक्त आयोजनामा एक घर एक विरुवा अभियान सुरु गरेका छन्।

अभियान अन्तर्गत नमस्ते बागमतीको सहकार्यमा निजी घरमा वृक्षरोपणका लागि काठमाडौंको अनामनगर – माइतीदेवि क्षेत्रका स्थानीयवासीलाई ४० वटा नि:शुल्क विरुवा वितरण गरेको छ।

उनिहरुले स्थानीयवासीलाई विभिन्न प्रजातिका (इन्डोर र आउटडोर) विरुवा वितरण गरी अभियान सुरु गरेको हो।

सो अवसरमा ‘ घरमा विरुवा रोपेर वातावरण संरक्षणमा के योगदान पुर्याउन सकिन्छ अनि स्वास्थ्यका लागि हरियाली वातावरण अपरिहार्य भएकोले यस अभियानमा सबैको साथ र सहयोगको अपेक्षा’ रहेको युरेस-त्रिचन्द्रकी अध्यक्ष प्रतिभा दवाडीले बताइन्।

विरुवा पाउँदा स्थानीयवासी खुसी रहेको र सो कार्यमा सधैं साथ, सहयोग गर्ने जनाएको छ।

काठमाडौंका बासिन्दाकाे रुचि कुन बिरुवामा रहेको,साना तथा ठूला प्रजातीका बिरुवाहरु रोप्दा के महत्व दर्शाउन र वातावरण जोगाउन काठमाडौं बासीको धारणा बुझ्न सो अभियान सुरु गरेको ग्रीन भिजन नेपाल संस्थाको संयोजक नबिन भट्टराईले बताए

एक घर एक विरुवा अभियानमा उनिहरुले कोम्बो एपबाट डाटा सङ्कलन गरिरहेका छन् ।नेपाल रेडक्रस सोसाइटी,काठमाडौं जिल्ला शाखाले उक्त अभियानमा राम्रो दिक्षा रहेको र युवाहरुलाई धन्यवाद पनि व्यक्त गरेका छन्।

विश्व वातावरण दिवसको दिन उक्त अभियान संचालन गरेको र विरुवा वितरण अभियान सोमबार गरेका छन्।

                               

प्रतिक्रिया