काठमाडौंमा लुटेरा गीरोहहरुको बिगबिगी : दिनदहाडै सार्वजनिक बस बाट लुटे १ लाख रुपैयाँ


  • thebuddhaexpress

काठमाडौं उपत्यकामा केही महिना यता सार्वजनिक गाडीहरुमा सर्वसाधारणको रुपैयाँ चोरी तथा लुटपाटको घटना बढेको छ । बुधबार बिहान ५ बजे विदेश जान काठमाडौं उपत्यका प्रस्थान गरेका दुई दाजुभाईको पैसा महानगरीय बसमा लुटेराहरुको समुहले कुटपिट गरी लुटेका छन्।

सर्लाही जिल्ला बसबरिया गाउँपालिका मानपुर निवासी दुई दाजुभाइ विर किशोर यादव र भोजिन्द्र यादबलाई बसमा कुटपिट गरी १लाख रुपैयाँ लुटेराले लुटेको हो। खाडी मुलुक कतार जान बिहान १लाख ऋण लिएर गाउँबाट नाइट बस चढेर बिहान कोटेश्वर झरेको थियो।

महानगरीय बस समातेर उनिहरु गौशाला जाने क्रममा पैसा लुटिएको उनले बताए । विहानै बसमा चढेका दाजुभाइ लाई तिनकुने र सिनांमङ्गलको बिचमा ५ जना लुटेराले कुटपिट गरी रुपैयाँ लुटेको उनले भने ।

पिडितले बुद्ध एक्सप्रेस संग कुरा गर्दै भने- ‘३ रुपैयाँ ब्याज लिएर गाउँबाट १ लाख रुपैयाँ लिएर बिदेश जान हिँडेको थिएँ तर त्यो पैसा पनि लुटे । उनले थप्दै भने ” एक महिना पहिले आमा बितेर ४ लाख रुपैयाँको ऋण छदै छ अब कहाँ बाट तिर्ने , सब सपना चकनाचुर भयो”।

उनिहरुले बसको ड्राइभर र खलासीको सङ्गलनतामा ४-५ जना लुटेराबाट लुटेको आरोप लगाएका छन।ड्राइभरले कोटेश्वरमा नै लुटेरा लाई फोन गरेको र तिनकुने र सिनांमङ्गलको बिचमा ४-५ लुटेरालाई बसमा चढाएर बसको झ्याल लागाएर हातपात गरी पैसा लुटेको उनको आरोप छ ।

घटनाको जानकारी पाएपछी समाजिक अभियन्ता सरोज रायले पहलकदमी लिई पिडीत व्यक्तिहरु संगै गोेैशाला प्रहरी कार्यालय पुगेर रिपोर्ट गराएका छन । रिपोर्ट पछि गौशाला प्रहरी कार्यालयको डिएसपीले लुटेराहरु खोजतलास जारी रहेको बताएका छन ।

यस्ता घटना काठमाडौंमा बढेकोले सम्पूर्ण सर्वसाधारणलाई सचेत तथा सावधान रहन अभियन्ता सरोज रायले अनुरोध गरेका छन ।

                               

प्रतिक्रिया