काठमाडौंमा “७३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस”मा प्रभातफेरि बृहत र्याली (फोटोफिचर)


  • thebuddhaexpress

“विधिको शासन कायम गरौं: मानव अधिकारको सम्मान गरौं” मूल नारा साथ ७३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस बृहत र्याली प्रदर्शन गरी शुक्रबार मनाएका छन्। सन् १९४८ डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष मानवअधिकार दिवस मनाइँदै आएको छ ।

बृहत र्याली काठमाडौं स्थित भृकुटीमण्डपबाट शुरु भई रत्नपार्कको शान्तिवाटिकामा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका संस्थाहरु, सुरक्षा निकाय लगायतको उपस्थितिमा जनचेतनासहितको प्रभातफेरि आयोजना सम्पन्न भएको हो ।

शुक्रबार विश्वभर मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका व्यक्ति, संस्थाहरुले भव्यताका साथ दिवस मनाउँदै आएका छन् । नेपालमा पनि सरोकारवाला व्यक्ति तथा संस्थाहरुले मानवअधिकार दिवसको दिन विहानै प्रभातफेरि निकालेका छन् ।

मानवअधिकार प्रदर्शनकारीले “जीवन, मयार्दा, समानता र स्वतन्त्रताको अधिकार: दिगो शान्ति र समृद्धिको आधार”, घरैबाट शुरू गरौं ,लैंगिक हिंसा अन्त्य गरौं” , असामनताको भाईरसको खोप कहिले?, के सरकारी के निजी शिक्षा , स्वास्थ्यको समान पहुँच हुनु पर्ने होइन र?, महिला रोकिए , संसार रोकिन्छ!, प्रहरी नागरिक सम्बन्धको मुल आधार कानुनको शासन र मानव अधिकार ,समृद्धि सहितको नयायपूर्ण समाज खै लगायतको नारा र प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।

नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्य भए पश्चात मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनको कार्यमा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिबद्धता जनाउँदै आएको छ ।

कोभिड–१९ महामारीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थितिमा पनि सरकारले आफ्ना नागरिकको मानवअधिकारको संरक्षणमा दत्त चित्त भएर विभिन्न प्रयास गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले यो वर्षको अन्त्यसम्ममा सबै नेपालीले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा पाउने दावी गरेका छन् ।

                               

प्रतिक्रिया