काठमाडौं मोडल कलेज : बाथरूममा बेहोस भएर विद्यार्थीको मृत्यु , प्रदर्शन गर्नेलाई प्रहरी द्वरा धरपकड


  • न्युज डेस्क

काठमाडौँको बागबजारस्थित काठमाडौं मोडल कलेज(K.M.C)का एकहोस्टेलका विद्यार्थीको बाथरूममा बेहोस भएर सोमबार मृत्यु भएको छ।

कक्षा११ मा पढ्ने सहनीको मृत्यु भएपछि मंगलबार विद्यार्थीहरूले क्याम्पसको लापरवाहीले साथीको मृत्यु भएको भन्दै प्रदर्शन गरेका छन्।

क्याम्पसको लापरवाही बिरोधमा बिधार्थीले प्रदर्शन गर्ने क्रममा प्रहरी विद्यार्थी माथि हातपात गरी गाडीमा केही विद्यार्थीलाई लागिएको छ।

सोमबार दिउँसो नुहाउन गएका रौतहटका १८ वर्षीय सुशील सहनी बाथरूमबाट धेरै बेरसम्म बनिसकेपछि होस्टलका कर्मचारी ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी दिनेशराज मैनालीका अनुसार दिउँसो ३/४ बजेतिर अस्पताल लगिएको थियो।अस्पतालले सहनीलाई मृत घोषणा गरेको थियो।

प्रहरी उपरीक्षक मैनालीले ग्यास गिजरमा पानी तताएर नुहाउन खोज्दा भेन्टिलेसनको कमीले सहनी बेहोस भएको हुन सक्ने बताए।

‘अहिलेसम्म ग्यास गिजरको कारण मृत्यु भएको भन्ने छ ’ प्रहरीले अनुसन्धान गरिरहेको छ।

                               

प्रतिक्रिया