सरकारले आउँदो आइतवार देशै भर सार्वजनिक बिदा


  • thebuddhaexpress

काठमाण्डाै – सरकारले आउँदो आइतवार देशै भर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । 

हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधअनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पाेखरेलले जानकारी दिनुभयाे । 

                               

प्रतिक्रिया