किसान माथि भएको अन्याय विरुद्ध सिरहामा मशाल जुलुश प्रर्दशन, भोली आमहड़ताल


  • thebuddhaexpress

सिरहा जिल्लाको जनमत पार्टी र जसपाले औरही गाउँपालिकामा किसानको पक्षमा भएको अन्याय विरुद्ध शनिवार लहान, सिरहा बजार, मिर्चैया सहितका विभिन्न ठाउँमा मशाल जुलुस प्रदर्शन गरेका छन्।

भोलि पौष ११ गते आइतवार सिरहा जिल्लामा आमहड़तालको गर्ने जनमत पार्टी सिरहाले जनाएको छ।

गिरफ्तार गरेका किसानहरु अविलम्ब रिहाई, मुद्दा फिर्ता, किसानहरूलाई आवश्यक मलखाध र बिजको सुनिश्चित, किसानको लागि बिधुत निशुल्क गर सरकार,हावाहुरीका कारण किसानले बेहोरोको क्षति राहत मिलाउने , बालीको उचित बजार मूल्य कायम गर्नुपर्ने र स्थानीय निकायमा भएको चरम भ्रष्टाचारको छानविन गरी दोषीलाई जेल चलान गर्ने लगायतका ७ माग सहित आईतबार सिरहा जिल्लाभर आमहड़ताल गर्ने भएको छ।

आइतबारको आमहड़तालमा अतिआवश्यक सामग्री (एम्बुलेन्स, औषधिको गाडी,बारुण नियन्त्रक दमकल, किरानाको सामग्री) बाहेक अन्य कुनै सवारी
साधन र कार्यालयहरु बन्द रहेने जनमत पार्टी सिरहाको आन्दोलनकारी समितिका पवन यादवले जनाएको छ।

पुष ६ गते बुधवार गाउँपालिकामा भण्डारण गरिएको साढे तीन सय बोरा गहुँको बीउ चोरी भएको थियो । गाउँपालिकाको गहुँको बीउ चोरी गरेको आरोपमा कडहरबाका मिथिलेश यादव र अन्य चार जना किसानलाई मुद्दा दायर गरि पक्राउ गरेपछि किसान आन्दोलित बनेका छन् ।

शुक्रवार उनीहरूले औरही गाउँपालिकामा तालाबन्दी गरेका र किसानमाथि गरिएको दमन बन्द गर, किसानलाई आवश्यक मल खाद र बीउको व्यवस्था गर, गिरफ्तार किसानलाई रिहा गर लगायतका नारा लगाएर टायर बालेर आन्दोलन प्रदर्शन गरेका हुन्।

जनमत पार्टी सिरहाले प्रकाउ परेका किसान रिहा नगरे अझ ससक्त देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

                               

प्रतिक्रिया