के.एम.सी.को लुट विरुद्ध विद्यार्थीहरु आन्दोलित


  • thebuddhaexpress

अतिरिक्त शुल्क मागेको भन्दै काठमाडौँ मेडिकल कलेज (केएमसी) का बिधार्थीहरु आन्दोलन गरेका छन् । बुधबार कलेजका विद्यार्थीहरूले राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।

सरकारले तोकेको शुल्क भन्दा केएमसीले विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट २० लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेको आरोप छ ।मेडिकल कलेजले गैह्रकानुनी शुल्क असुल्न थालेपछि पीडित विद्यार्थीहरु एक महिनादेखि आन्दोलनमा छन्।

बुधबार पीडित विद्यार्थी सरकारलाई दबाब दिन बानेश्वरमा जुलुश प्रदर्शन गरेका छन्। माइतीघरमा कोणसभा गरी बानेश्वरमा पुन: कार्यक्रम रहेकाे आन्दोलकारी विद्यार्थीले जानकारी दिए।

अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरूले कलेजमा तालाबन्दीसमेत गरेका छन् । कलेजलाई चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क लिएर पढाउन आग्रह गर्दा पनि नमानेको विद्यार्थीहरूको भनाइ छ ।

उनिहरुले भने,’ गैह्रकानुनी शुल्क फिर्ता नहुँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ। रिलेअनशन र कोणसभालाई निरन्तर जारी राख्छौं।”

                               

प्रतिक्रिया