गैरदलित केटी लाई प्रेमपत्र दिएको आरोपमा एक दलित युवकलाई जनावर सरह कुटपिट


  • thebuddhaexpress
विकाश पासवानलाई कुटपिट गर्दै

जातिय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसकै दिन एक दलित युवकमाथी निर्घात कुटपिट गरिएको भिडीयो सार्वजनिक भएको छ ।

रौतहटको दुर्गाभगवती गाउपालिका वडा ५ बस्ने शम्भु पासवानको छोरा विकाश पासवान लाई गाउँकै केही मान्छेले एक गैरदलित केटी लाई प्रेमपत्र दिएको आरोपमा जनावर सरह कुटपिट गरेको घटना बाहिर आएको छ ।

उनलाई कुटपिट गर्दा बखतको भिडीयोमा एक मानिसले विकाश माथी लगातार लाठीले प्रहार गरीरहेको छ र उनले आफ्नो बुवा संग सहयोग माग्न जादा केही मानिसहरु उनको बुवा शम्भु पासवानलाई पनि हातपात गरेको दृश्य देखिन्छ भने अर्को पार्टमा एउटा घरको खम्बामा उनलाई डोरीले बाधेर केही मानिसहरु उनलाई प्रश्नहरु गरीरहेको छ र उनले पश्न को उत्तरमा मैले नगरेको र मलाई थहा नभएको कुराहरु भनिरहेको देखिन्छ ।

यसरी जातिय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस कै दिन प्रेमपत्र लाई लिएर दलित माथीको निर्घात कुटपिट हुनु ले सरकारको नीतिनियम माथि नै प्रश्न खडा गरेको छ ।

हाल सम्म दोसीहरु लाई नियन्त्रणमा लिन नसकेको जानकारी पनि आएको छ ।

                               

प्रतिक्रिया