गोलबजार छुरा प्रकरण: सदाको हत्या संलग्नमा पाँच युवक पक्राउ


  • thebuddhaexpress

सिरहाको गोलबजार नगरपालिका -०६ डोहटियामा शनिवार छुरा प्रहारबाट रामकुमार सदायको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जना युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले स्थानीय २२ वर्षिय भुवन प्रसाद महतो, १९ वर्षिय श्रवण कुमार मण्डल, २० वर्षिय रोहन विश्वकर्मा (कालु), १८ वर्षिय सौकात खान र १९ वर्षिय धर्मेन्द्र यादवलाई २६ वर्षीय सदायको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरेका छन्।

उनिहरु बिभिन्न गोप्य ठाँउमा लुकेर बसेको अवस्थाबाट प्रहरीले खोज अनुसन्धान गरी ५ युवकलाई पक्राउ गरेका हुन्।

पक्राउ परेकामध्ये २ जना गोलबजार नगरपालिका र ३ जनालाई धनगढीमाई नगरपालिका जयपुरमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहालका सूचना अधिकारी सुवास बुढाथोकीले जनकारी दिए ।

पक्राउ परेकाहरुलाई बुधबार कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान तथा घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्ने कार्य भईरहेका हुन् ।

पुस ३ गते शनिबार ,छुरा प्रहारबाट १९ वर्षिय निकेश पनि घाइते भएको हो। उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

                               

प्रतिक्रिया