घरपरिवारको खोजीमा एक किशोरी


  • thebuddhaexpress

भारतको जम्मु काश्मीर स्थित नारी आश्रममा सिरहा जिल्ला सुखीपुर नगरपालिकाको एक किशोरी विगत १० वर्ष देखि आश्रीत रहेकी छिन् । उनले आफ्नो घर-परिवार खोजिदिन आग्रह गरेकी रहेछिन्।

उनले आफ्नो नाम दिपा बहादुर बताएकी छिन्। किशोरीले आफ्नो ठेगाना सिरहाको सुखिपुर नगरपालिका बताउदैं रहेकी छिन्। उनको पिताको नाम दिनकल (दिनकर) बहादुर, आमाको नाम राजकुमारी,दिदी-सन्ध्या, बहिनी -काजल, राजल र मामा-लाल बहादुर बताएकी छिन्।

किशोरीले आफ्नो कच्ची घर रहेको र बुवाले खेतीबारी गर्दै रहेको बताए।बिगतको १० बर्ष पहिले घरबाट उसको मामाले काममा लगाईदिने भनेर जम्मु कस्मिर रेलमा लिएर आएका थिए।त्यसपछि उनलाई मामाले छोडेपछि अलपत्र परेकी हुन्। हाल १६ वर्ष पुगेकी किशोरी कक्षा १० मा पढ्दैछिन् ।

कृपया कसैले उहाँको परिवारलाई फेला पार्नु भएमा निम्न सम्पर्कमा अथवा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गर्दछौं।
सम्पर्क:
9841202025
+919716293602

                               

प्रतिक्रिया