चुरे अभियानीको आमरण अनशनमा टिएमएनसीको ऐक्यबद्धता : सहयोग गर्न जनकपुर पुगे सरोज राय


  • thebuddhaexpress

डिभिजन वन कार्यालय सिरहाका प्रमुख माथि छानवीन लगायत पाँच शुत्रीय माग सहित आन्दोलीत चुरे अभियानीको आमरण अनसन मा आज तराई मधेश राष्ट्रिय परिषदका सदस्य एवं समाजिक अभियन्ता सरोज राय ऐक्यबद्धता जनाउन पुगेका छन् ।

यस अघि टिएमएनसीका अर्का सदस्य काशिन्द्र यादव पनि चुरे अभियानीहरु को मनोबल बढाउन जनकपुर पुगेका थिए । पछील्लो समय तराई मधेश राष्ट्रिय परिषदले चुरे अभियानीहरुको आन्दोलनमा आफ्नो साथ र समर्थन रहने भनी सार्वजनिक गरे संगै एक पछी अर्को सदस्यहरु ऐक्यबद्धता सहीतको साथ र सहयोग गर्न चुरे अभियानीहरुले थालेको आन्दोलनमा सहभागी भइरहेका छन ।

यता चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रिय सहसंयोजक रानी राय र धनुषा संयोजक अमन यादवले संयुक्त रुपमा जनकपुरधामको जनकचौकमा थालेको अनशनको तेस्रो दिनमा रानी रायको स्वास्थ्य अवस्था विग्रीदै गएको छ ।

भ्रष्टाचार विरुद्ध आमरण अनशन गर्ने चुरे अभियानीहरुको आन्दोलन प्रति प्रदेश दुईका मुख्यमन्त्री लगायत कुनै जनप्रतिनिधि ले चासो लिएका छैनन । वनजंगल सरंक्षणका लागि सरकारको अग्रसरता हुनु पर्नेमा जनता सडकमा आएर अनशन बस्नु पर्दा पनी प्रदेश सरकार बेखबर रहेको ले त्यहाका जनता आक्रोशित छन । मधेशको विभिन्न मुद्दाहरु मध्येका एक चुरे संरक्षणका मुद्दा उठाई प्रदेश दुई मा सरकार बनाएको पार्टीहरुको पनि ध्यान नजानु दुर्भाग्यपुर्ण रहेको उनीहरु बताउछन ।

अभियानीहरुको माग पूरा गर्न का साथ साथै कालान्तर सम्म चुरेको समस्या उब्जिन नदिन र सो को संरक्षण र संवर्धन का लागि ठोस निर्णय गर्न समेत सरकार संग उनीहरुले माग गरेका छन ।

                               

प्रतिक्रिया