जनकपुरकी महिला भारत बाट उद्धार


  • thebuddhaexpress

जनकपुर कि एक महिला भारतको मध्य प्रदेश बाट उद्घार भएको छ । धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा न .१९ कि तारा देवी लाई भारतको मध्य प्रदेश उमरिया जिल्ला स्थित विजापुरि गाउँ बाट नेपालको समाजिक अभियन्ता सरोज राय ले उद्घार गरेका हुन् ।

https://www.facebook.com/hallabolnetwork/


एक बर्ष पहिले आफ्नो गाउँ बाट हराइरहेकि महिला मध्य प्रदेशमा फेला परेको जानकारी अभियन्ता राय लाई महिला तथा बालविकासको लागि भारत सरकार द्वारा संचालित उमरीयाको ‘वन स्टॉप सेन्टर’ ले जानकारी गराएको थियो ।

जानकारी पाए लगत्तै अभियन्ता राय मध्य प्रदेश गएका थिए र वन स्टॉप सेन्टरको सहयोगमा बुर्माटोल बाट उदार गरि जनकपुर ल्याइरहेको जानकारी अभियन्ता रायले दिए ।

मध्यप्रदेश जाने क्रममै भारत ,बिहार जिल्लाको सितामढी बाट दुई बालक लाई उद्घार गरि परिवारको जिम्मा अभियन्ता राय ले लगाएको थियो ।

                               

प्रतिक्रिया