जिनियस एरे एजुकेशनद्वारा जनकपुरका उत्कृष्ट बिद्यालय र विद्यार्थी हरु सम्मानित


  • thebuddhaexpress

जनकपुर स्थित नेपाल बार एसोशिएशनको सभाहलमा सम्पन्न भएका जिनियस एरे एजुकेसन को पुरस्कार बितरण तथा सम्मान समारोहमा नोबेल सेकेण्डरी स्कुल,डि एम स्कुल, युरेका स्कुल, नर्मदा सेकेण्डरी स्कुल, किड्डी कन्वेंटस्कुल, संस्कार स्कुल मिथिला मनटेसरि स्कुल पारागन स्कुल संस्कार स्कुल मिसन सेकेण्डरी स्कुल,लगायत दर्जनौ स्कुल र करिब ३५ जना उत्कृष्ट बिद्यार्थीहरुलाइ बिभिन्न शिर्षक मा समान गरिएको ।

यस पुर्व भारतको पुणे,नागपुर,बनारस,कानपुर र फैजाबाद लगायतका सहरहरुमा मात्र संचालन हुने गरिएको र बिगत २ बर्ष देखि नेपालको जनकपुरमा स्वस्थ प्रतिस्पर्धा र विद्यार्थी हरुमा रचनात्मक क्षमता बिकासमा हुने अपेक्षा लिइएको ।

यस कार्यक्रमका सम्मानित अतिथी त्रिभुवन विश्वविद्यालय, राम स्वरुप राम सगर क्याम्पस का सह- प्रध्यापक डा बिनोद शाह ले यस्तो कार्यक्रम को महत्व खास गरि मधेश प्रदेशमा धेरै रहेको बताउनु भयो। कार्यक्रमा प्रमुख अतिथि को रुपमा श्री चन्दन कुमार राय, महत्वपूर्ण अतिथि सी ए रुपेश कुमार निराला, सामाजिक शैक्षिक सुधारक श्री सुभास पाठक र जस्ता बहु प्रतिभाशाली व्यक्तित्वहरु को उपस्थिति को बीच कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै जिनियस एरे एजुकेशनका संचालक श्री गोविन्द कुमार शर्माले जनकपुर क्षेत्रमा यस्तो स्वस्थ पर्तिस्पर्ध्मात्मक परिक्षा संचालन र पुरस्कार बितरण भएकोमा बिद्यार्थीहरु बीच थप उत्साह बढ्ने साथै सिकाई स्तरमा सकारात्मक प्रभाब पर्ने कुरा औल्याउनु भयो। साथै वहा ले यसको निरन्तरता दिइने कुरा बताउनु भयो।

                               

प्रतिक्रिया