जिनियस एरे एजुकेसन द्वरा जनकपुरका उच्च स्थान ल्याउन सफल हुने विद्यार्थी हरु पुरस्कृत


  • thebuddhaexpress

आज बिहीबार जनकपुर स्थित अन्नपुर्णा होटल को सभाहलमा सम्पन्न भएका जिनियस एरे एजुकेसन को पुरस्कार बितरण समारोहमा अक्षर विद्या मन्दिर, न्यु एङ्ग्लिश स्कुल , मदर टेरेसा स्कुल, डेफोडिल्स स्कुल, जानकी बॉर्डिङ्ग स्कुल लगायत जनकपुरको  बहुप्रतिस्थित बिद्यालय हरूलाइ  एकसाथ  सम्मानित गरियो, यस पुर्व भारत को पुणे,नागपुर,बनारस,कानपुर र फैजाबाद लगायतका सहर हरु मा र यस पाली देखि नेपालको जनकपुरमा पहिलो चोटि स्वास्थ प्रतिस्पर्धा परिक्षा संचालन गरी जिनियस एरे एजुकेसन बाट जनकपुरका उच्च स्थान ल्याउन सफल हुने विद्यार्थी हरु पुरस्कृत भएका छन् ।

यस संस्था का प्रमुख सल्लाहकार नेपाल संस्कृत विश्वविद्यालयका  सह- प्रध्यापक ध्रुव राय कार्यक्रमा सभापति को रुपमा उपस्थिन हुनुहुन्थ्यो भने प्रमुख अतिथि को रुपमा डा सन्तोष लाल कर्ण र युवा शिक्षा  अभियन्ता सुभास पाठक जस्ता बहु प्रति व्यक्तित्व हरु को उपस्थिति को बीच कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै अक्षर विद्या मन्दिर का प्रधानाध्यापक श्रीमती सरिता पुन्दिर ले जनकपुरमा पहिलो चोटी यस्तो स्वस्थ पर्तिस्पर्ध्मात्मक परिक्ष संचालन र पुरस्कार बितरण भएको मा बिद्यार्थी हरु बीच थप उत्साह बढ्ने साथै सिकाई स्तरमा  सकारात्मक प्रभाब पर्ने कुरा औल्याउनु भयो।

                               

प्रतिक्रिया