टिएमएनसीको सहयोगमा आइसोलेशन सेन्टर सुचारु


  • thebuddhaexpress

टिएमएनसी ले कोरोना पिडीतहरुका लागि सर्लाहीमा आइसोलेशन सेन्टर सुचारु गरेका छन । टिएमएनसीका सदस्य सरोज रायको अगुवाइमा सो आइसोलेशन सेन्टर सुचारु भएको हो । आइसोलेशन सेन्टर सुचारु गर्न भिसीयन (VCN ) को पनि सहयोग रहेको बताइएको छ ।

त्यहाँ कोरोना संक्रमितका लागि सम्पूर्ण सेवा निशुल्क हुने बताइएको छ ।  डाक्टरको सेवा लगायत अन्य जाँच, औषधी, पोषिलो खानालगायतका सम्पूर्ण सेवा निशुल्क हुने रायले बताए । सो सेन्टरका लागि पाँच जना डाक्टर, केही नर्स तथा अन्य प्राविधिक व्यक्तिको व्यवस्था गरिएको छ । 

प्रदेश २ सर्लाहीको बरथवा नगरपालिका वडा नम्बर १० मा सो आइसोलेशन तयार गरिएको छ । सो जिल्ला मा अत्याधिक विरामी भेटेको र संक्रमितले उचित उपचार नपाएको कारण कोरोना संक्रमण दर बढ्दै गएको कारण आइसोलेशन सेन्टर स्थापना गरेको सरोज रायले बताए । 

अक्सिजनका तथा उपचारको अभावको कसैको ज्यान नजाओस् त्यसका लागि सम्पूर्ण व्यवस्था गरिएको बताउँदै उनले आइसोलेसन सेन्टर स्थापनाका लागि महेन्द्ररत्न जगरनाथ लक्ष्मनियाँ सितापुरले १० कोठाको एउटा भवन उपलब्ध गराइएको उनले जानकारी गराए । सो सेन्टर स्थापनाका लागि नगरपालिका र जिल्ला प्रशासन कार्यालयबाट समेत अनुमति लिएको उनले बताए । 

                               

प्रतिक्रिया