डा.सिके राउत प्रभाव: ‘भ्रष्टाचारीलाई जनकारवाही’ भन्दै विद्यार्थीले वडाध्यक्षलाई दले कालोमोसो


  • thebuddhaexpress

बझाङको बित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्लमाथि महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।

‘भ्रष्टाचारीलाई जनकारवाही’ विप्लव निकट विद्यार्थीले वडाध्यक्ष मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका हुन् ।

विप्लवका विद्यार्थीले वडाध्यक्ष र सचिवले लाखौं भ्रष्टाचार गरेको, अनियमितता गरेको र कमिसन खाने गरेको आरोप लगाएका छन् ।

आइतवार दिउँसो घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पछिल्लो समय जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनताको समस्या नबुझ्ने भ्रष्टाचारीलाई जनताले अवस्य जनकारबाही गर्ने र गर्दै रहने दाबी गरेका छन् ।

                               

प्रतिक्रिया