तराई मधेश ठप्प: किसानको माग पूरा नगरेसम्म जनमत पार्टीको प्रदर्शन जारी रहने


  • thebuddhaexpress

सरकारले किसानको माग पूरा नगरेसम्म जनमत पार्टीको अनिश्चितकालीन बन्द प्रदर्शन जारी रहने भएको छ।

शुक्रबार तराई मधेसको विभिन्न जिल्ला जनमत पार्टीका कार्यकर्ता द्धारा विभिन्न तरीकाले प्रदर्शन गरिरहेको छ। कतै जुलुश प्रदर्शन,कतै टायर बालेर प्रदर्शन,कतै उखु जुलुश सहित, कतै चक्काजाम गरेर सडकमा उत्रिएका किसान आन्दोलनकारी न्यायको लागि निरन्तर एक हप्ता देखि आवाज उठाइरहेका छन्।

जनमत पार्टीले घोषणा गरेको अनिश्चितकालीन पूर्व-पश्चिम राजमार्ग बन्दको प्रभाव तराई मधेशका विभिन्न जिल्ला परेको छ। जनमतका कार्यकर्ताले बिहानैदेखि बिभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनका कारण राजमार्ग ठप्प भएको हो। सिरहाको लहान र मिर्चैयामा जनमतका कार्यकर्ताले उखु बोकेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले लाठी बोकेर राजमार्ग अवरोध गरेका हुन्।

रुपन्देही जिल्ला किसानको एकबद्धता जनाउदै बिभिन्न नारा सहित आमहड़ताल गरेका जनमत पार्टीले जनाएको छ। त्यसैगरि जनमत पार्टीका कार्यकर्ताले कपिलवस्तुको बिभिन्न स्थानमा चक्काजाम गरेर सडकमा उत्रिएका छन्।

रौतहटको चन्द्रनिगाहपुर लगायत बिभिन्न स्थानमा जनमत पार्टीको उपाध्यक्ष ई. वसन्त कुसवाहाको नेतृत्वमा बिभिन्न नारा जुलुस भारी मात्रामा निकालेका र बाटो पुर्ण रुपमा बन्द गरेका हुन्। शान्तिपूर्ण प्रदर्शन जारी क्रममा उपाध्यक्ष‌ कुशवाहा र अरु ९ कार्यकर्तालाई च.पुबाट‌ प्रकाउ प्रहरीले गरेका हुन्।

उता, पूर्व पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासबरण गाउँपालिकामा जनमतका कार्यकर्ताले गिट्टी लोड भएको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनीसमेत गरेका छन् ।

किसान एकता कायम गर्न धनुषाको विभिन्न ठाउँमा पनि राउतका कार्यकर्ताहरू टायर बालेर लाठी बोकेर धर्ना गरेका छन्।

किसान एकता जिन्दवाद गर्दै बारा जिल्लाको पथलैयामा समेत राउतका कार्यकर्ता महिला र पुरुष किसानले जुलुस प्रदर्शन गरेका हुन्।

शुक्रबार बाकेको गुलरियामा समेत बाटो अबरुद्ध भएको जनमत पार्टीले जनाएको छ।

जनमत पार्टीका कार्यकर्ता रिहाईको माग गर्दै कपिलवस्तुमा टायर बालेर चक्काजाम गरेका हुन्।नवलपरासीमा समेत चक्काजाम गरेका हुन्।

पार्टीले शुक्रबार अनिश्चितकालकाे लागि मधेशमा रहेकाे २२ जिल्लामा चक्काजाम गरेका जनमत पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ।

प्रदर्शन गर्ने क्रममा राउतका दर्जनौं कार्यकर्ताहरु पक्राउ परेका छन् भने किसान आन्दोलनकारीहरु धेरै घाइते भएका हुन्।

कतै आन्दोलनकारी द्वारा प्रहरी लखेटिएको छ त कतै प्रहरी द्वरा दर्जनौं आँसु ग्याँस प्रहार गरेको हो।

विहिबार देखि अनिश्चितकालीन जनमतको बन्द घोषणामा महिला कार्यकर्ताहरू पनि आन्दोलनमा सहभागी छन्।

उनीहरूले किसानको माग पूरा गर, प्रहरी दमन बन्द गर, किसानलाई मलखाद नदिने सरकार मुर्दावादजस्ता नारा लगाइरहेका छन्। किसानलाई सिंचाईको व्यवस्था वा बिजुली नि:शुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका ११ बुँदे माग राखेर जनमत पार्टीले मधेशकेन्द्रित आन्दोलन गरिरहेको छ।

                               

प्रतिक्रिया