त्रिचन्द्रको ऐतिहासिकता जोगाउन धर्ना र ‘Save Trichandra’ अभियान शुरु


  • thebuddhaexpress

त्रिचन्द्र कलेजको ऐतिहासिकता सम्पदा जोगाउन ने. वि संघ र विद्यार्थीहरुले धर्ना दिएका छन्। बिद्या आर्जनको धरोहर “त्रिचन्द्र क्याम्पस” र ऐतिहासिक स्तम्भ “घण्टाघर” जिर्ण अवस्थामा रहेकोले जिर्णोद्वार गर्न आज आइतबार दिउँसो ३ बजेदेखि काठमाडौंको घण्टाघर अगाडी धर्ना दिएका छन् । उक्त धर्ना कार्यक्रममा “सेभ त्रिचन्द्र” अभियान प्रदर्शन गरेका छन्।

१०४ बर्षमा त्रिचन्द्र कलेज प्रवेश गरेको अवस्थामा पनि पूर्न- निर्माण प्राधिकरणले ध्यान नदिएर उक्त सम्पदा झन जिर्ण अवस्थामा पुगेका छन्।

त्रिचन्द्र कलेज, घण्टाघरको अगाडि उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

प्लेकार्डमा:” Dear प्रधानमन्त्री तपाईँ पढेको कलेजको पुन-निर्माण कहिले?” , ‘हामी सधैं त्रिचन्द्र पढेका हौं भनेर गर्व गर्छौं’, त्रिचन्द्रले बनाएका नेताहरु त्रिचन्द्र भत्किँदा कहाँ छन् ?’, धरहरा बन्यो त्रिचन्द्र कहिले?, ‘पुन निर्माण प्राधिकरण कहिलेसम्म आखामा द्दारो कानमा तेल, किन मौन प्राधिकरण?’ लगायत लेखिएको थियो।

प्राचीन स्मारक संरक्षण ऐन २०१३को दफा ३(ख)ले सार्वजानिक  प्राचीन स्मारकहरूको संरक्षण, मर्मत तथा जिर्णोद्वार पुरातत्व विभागले गर्नेछ भनी यस्ता सार्वजानिक सम्पदाको जिम्मा पुरातत्व विभागलाई प्रदान गरेको तत्काल यस ऐतिहासिक धरोहरको जिर्णोद्वार गरी विभागलाई प्रदान गरेको दायित्व पुरा गराउन निर्देशन र दबाव दिएका छन् ।

त्रिचन्द्र कलेज १०४ बर्षमा प्रवेश गत भदौं १२ गते भएको छ। उक्त अवसरमा त्रिचन्द्र कलेज जिर्ण अवस्थाको
बिषय लिएर विभिन्न मिडियाहरूले ठुलो टिका- टिप्पणी गरेकोले “सेभ त्रिचन्द्र” र धर्ना कार्यक्रम भएका छन्।

२०७२ साल वैशाख १२गते भुइँचालोमा जीर्ण भएको त्रिचन्द्र क्लेजलाई वि. सं. १९७५ भदौ १२ गते, १४ महिना लगाएर र्निर्माण गरिएको थियो।

                               

प्रतिक्रिया