त्रिचन्द्र-घण्टाघर पुननिर्माण अभियानमा विद्यार्थी


  • thebuddhaexpress

राष्ट्रको सबैभन्दा जेष्ठ र पुरानो क्याम्पस त्रिचन्द्र कलेजको जिर्ण अवस्थाले इतिहास मिट्ने बनेपछि नेवि संघका विधार्थी नेताहरु त्रिचन्द्र-घण्टाघर बचाउ अभियान जुटेका छन्।

१०४ वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था दयनीय बनेपछि पुननिर्माण गराउन अभियानमा लागेका छन् । गत सोमबार नेविसंघले त्रिचन्द्र कलेजको घन्टाघरमा ‘सेभ घन्टाघर’ भन्ने ब्यानर राखेर प्रदर्शन गरेका छन्। उक्त दिनदेखि त्रिचन्द्र पुनर्निर्माण अभियान सुरु भएको नेविसंघ त्रिचन्द्रले जनाएको छ।

६ बर्षअघि भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको पुरानो भवन सरकारको पुनर्निर्माण प्राधिकरण विभागले चासो नदिँदा थप जीर्ण बन्दै गएको छ ।

विधार्थी नेता गोविन्द कोइराला भने- ‘त्रिचन्द्र क्याम्पस पुनर्निर्माणका लागि दबाब दिन हस्ताक्षर संकलन अभियान पनि गरिरहेका छौं। त्रिचन्द्र पढ्ने पूर्व चर्चित विधार्थी नेताबाट हस्ताक्षर गराएर चाडैं प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको छ।’

२०७२ वैशाखको भूकम्पमा चर्किएर ‘रेड स्टिकर’ लगाइएका पूरानो भवन त्रि-चन्द्र भवनको भुइँभरि लेउ लागेको छ, चौतर्फी बर्खे झार झाँगिएर झाडी बनेको छ । बर्खाको पानी चुहिएर तेस्रोदेखि भुइँतलासम्मका भित्री बरन्डा सिमसारझैं देखिन्छन्।

शैक्षिक तथा ऐतिहासिक क्षेत्र त्रिचन्द्र र घण्टाघरको संरक्षणमा स्थानीय तह, प्रदेश र केन्द्र कुनै सरकारले पनि चासो देखाएका छैनन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद गत पुष महिना सकिँदै गएसँगै त्रिचन्द्र पुनर्निर्माण आयोजना शिक्षा मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।पुनर्निर्माण कार्यको सम्पूर्ण जिम्मेवारी अहिले शिक्षा मन्त्रालयको रहेको छ।

कोराना महामारी पछि कलेजमा भौतिक रूपमा कक्षा सञ्चालन कठिन रहेका र अधिकतम क्षमतामा सञ्चालन गर्न त्रिचन्द्रमा २० थप कक्षाकोठा,सात प्रयोगशाला, पुस्तकालयका लागि दुई हल, दुईवटा अनुसन्धान प्रयोगशाला र एउटा सेमिनार हल आवश्यक रहेको क्याम्पस प्रमुखले बताउछन्। उक्त योजना र निर्माण कार्यको लागि १५ करोड ५२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

कलेजमा १२,००० विद्यार्थीहरूको लागि कक्षा र प्राक्टिकल सञ्चालन गर्न पर्याप्त ठाउँ नभएकाले पूरानो भवनमा कक्षा सञ्चालन गराइ रहेका छन्। बिधार्थीहरु भने डराउँदै ‘रेड स्टिकर’ लागेको त्रिचन्द्र भवनमा पढ्न बाध्य भएका छन्।

भूकम्पले क्षति पुर्‍याएका धरहरालगायतका कतिपय धरोहर पुनः ठडिइसक्दा पनि त्रिचन्द्र कलेजजस्तो ऐतिहासिक भवन बेहाल अवस्थामै रहनु अति अशोभनीय र उदेकलाग्दो छ ।

विधार्थी नेता गोविन्द कोइराला भन्छन्- “हामी त्रिचन्द्र लाई युनिभर्सिटी स्तरको गुणस्तरमा पुराउन चाहन्छौ तर भौतिक संरचनाको अभावमा कुनैपनि शैक्षिक तथा रचनात्मक गतिविधि गर्न असम्भव प्राय छ।”

त्रिचन्द्र कलेजको घन्टाघरतर्फको भवन १९७५ सालमै बनेको थियो । त्यतिवेला १४ महिनामा बनेको यो भवन भूकम्पले क्षति पुर्‍याएको ६ वर्ष बित्दा पनि पुनर्निर्माण हुनसकेको छैन।

                               

प्रतिक्रिया