त्रिविको स्नातक तेस्रो वर्षको परीक्षा फारम खुल्यो


  • thebuddhaexpress

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे स्नातक तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षाको परीक्षा आवेदन फारम खुल्ला गरेको छ ।

मंगलबार सूचना जारी गर्दै बार्षिक प्रणाली अनुसार ४ बर्षे स्नातक तह तेस्रो बर्षको ब्यबस्थापन, शिक्षा शास्त्र संकाय र बिज्ञान तथा प्रविधी अध्ययन संस्थान अन्तर्गत वि.वि.एस., वि.एड. र वि.एस्सीका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस\कलेजमा मिति २०७८ साल माघ २५ गते देखि फाल्गुन २४ गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउन जनाएको छ ।

                               

प्रतिक्रिया