थप ससक्त किसान आन्दोलन: बाल्टिन जुलुस देखि ‘हाइ-वे’मा खाना बनाएर बन्द सुरु गर्ने सम्म


  • thebuddhaexpress

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले थप ससक्त किसान आन्दोलन मधेशको जिल्लामा जारी राख्ने भएको छ। सरकारले किसानका जायज मागहरुलाई हालसम्म पुर्ण रुपमा बेवास्था राखेकोले बाल्टिन जुलुस देखि ‘हाइ-वे’मा खाना बनाएर बन्द सुरु गर्ने सम्म निर्णयमा पुगेको हो।

किसान माथि चरम दमन जारी राखेकोले माघ ३, सोमबार देखि माघ २० गते बिहीबार सम्म घोषणा गरेको जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जनाएको छ।

शुक्रबार मधेशका विभिन्न स्थानको गाउँपालिका /नगरपालिका आगाडि जनमत पार्टीको कार्यकर्ताले मलखाद उपलब्ध गर ‌भन्दै खाली बोरा सहित प्रदर्शन गरेका छन्।

माघ ८, शनिबारको दिन सिचाईको ब्याबस्था गर नसके कृषि बिजुली निशुल्क गराउन बाल्टिन जुलुस प्रदर्शन गर्ने भएको छ।

त्यसैगरी आइतबार नाङ्गलो जुलुस, सोमबार तराजु जुलुस, मंगलबार उखु जुलुश, बुधबार प्रदेश सरकार अगाडि प्रदर्शन, बिहिबार डलिया जुलुस , शुक्रबार पगडी जुलुस , शनिबार दामलो जुलुस प्रदर्शन गर्ने भएको हो।

किसान आन्दोलनमा माघ १६ गते आइतबार हलो जुलुस, सोमबार गोरुगाडा जुलुस, मंगलबार भैंसी जुलुस, बुधबार मसाल जुलुस र माघ २० गते बिहीबार
हाइ-वे’मा टेन्ट लगाएर खाना बनाउने र बस्ने गरी बन्द सुरु गर्ने घोषणा जनमत पार्टीको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

अहिले माघ २० गते सम्म चरणबद्ध रुपमा आन्दोलन घोषणा गरेका र पुन: माघ २० गते देखि हाइवे ससक्त रूपमा बन्द गर्ने कार्यक्रम रहेको जनमत पार्टीको अध्यक्ष डा.सिके राउतले जानकारी दिए।

तोकिएको अवस्था बाहेक प्रदर्शन तथा कोण सभा प्राय: जिल्ला सदरमुकामको आन्दोलन अथवा चोकमा गर्ने जनमत पार्टीको सचिवालयले जनाएको छ।

यता, सरकारले कोरोना भाइरस संक्रमण बढेकोले न्युनिकरण गर्न सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी,नाचघर, क्यासिनो, क्लव, हेल्थ क्लब, जिमखाना, रंगशाला, संग्राहलय, पुस्तकालय, चिडियाखाना, कभर्ड हल, स्वीमिङ पुल, फुटसल, जात्रा, महोत्सव, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम गर्न नदिने भएको छ।

                               

प्रतिक्रिया