दुर्गम क्षेत्रबाट काठमाडौंमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई स्वच्छ चुलो दिने


  • thebuddhaexpress

दुर्गम क्षेत्रबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीहरुका लागि नि:शुल्क विद्युतीय चुलो (इन्डक्सन) बाँडिने भएको छ । सरकारी शिक्षण संस्थाहरुमा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले उक्त कार्यक्रम ल्याएको हो ।

सूचना अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नि:शुल्क इन्डक्सन लिन चाहने विद्यार्थीहरुलाई फागुन २५ गतेसम्म निवेदन बुझाई सक्नु पर्छ। उक्त सुविधा लिन नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिस मागिएको छ । केन्द्रले सार्वजनिक सूचनामार्फत निवेदन माग गरेको हो ।

‘दूर्गम क्षेत्रबाट काठमाडौं आई घरभाडामा लिई सरकारी वा सामुदायिक शिक्षण संस्थामा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई खाना पकाउने एलपी ग्यासको बढ्दो मूल्यको समस्याबाट राहत महसुस गराउन तथा विद्युतीय चुलोको पनि प्रवर्द्धन गर्नका लागि यस्तो कार्यक्रम ल्याइएको हो,’ केन्द्रले जारी गरेको सूचनामा भनिएको छ ।

स्वच्छ चुलो कार्यक्रम सम्बन्धी विस्तृत फारम केन्द्रको वेबसाइट www.aepc.gov.np बाट जानकारी प्राप्त गर्न सकिन्छ।

जिल्लाको भौगोलिक वर्गीकरण सहित नामावली यस प्रकार छन् :

                               

प्रतिक्रिया