धनुषा तनाबग्रस्त: सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, गोली प्रहार हुँदा ८ जना घाइते


  • thebuddhaexpress

पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग)अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ गोदार चोकमा किसानको माग पूरा गर्न आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर जनमत पार्टीका ८ जना घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनालाई रबर गोली लागेको छ ।

घाइतेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह, वैजनाथ र नथुनीलाई झडपको क्रममा गोली लागेर घाइते भएका जनमत पार्टीले जनाएको छ।

आइतबार पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र राउत कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा ७ जना प्रहरी र एक सशस्त्र प्रहरीसहित ८ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

प्रहरीले ११ राउन्ड रबर गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरेपनि स्थिती नियन्त्रणमा आउन सकेको छैन । अहिले गदार चोक तनावग्रस्त छ । राउतका कार्यकर्ताहरु भाटा लिएर सडकमा निस्किएका छन् ।

गोली लागेर गम्भीर घाईते कार्यकर्तालाई वीरेन्द्रबजारको हस्पिटल लगिएको छ । टाउँकोमा गोली लागेका २ जना जनमतको कार्यकर्ता अवस्था चिन्ताजनक गम्भीर रहेको छ।

आइतबार दिउँसो भाटासहित उपस्थित भएका राउतका कार्यकर्ताहरुले राजमार्गमा मुढा तेर्साएर सडक अवरुद्ध गर्न खोजेका थिए । त्यसक्रममा प्रहरीले सडक खुलाउने क्रममा झडप भएको हो ।

गोली प्रहार घटनाबारे विस्तृत विवरण आउँन बाँकी रहेको छ।

                               

प्रतिक्रिया