धरौटीमा छुटे चुरे अभियन्ता : आन्दोलनकारी भन्छन हाम्रो आन्दोलन जारी छ !


  • thebuddhaexpress

डिभिजन वन कार्यालय सिरहाका प्रमुखले बिरुवा खरिदमा अनियमितता गरेको भन्दै उनी माथि छानवीन गठन तथा पक्राउ गरिएका अभियानीहरुको रिहाईको माग गर्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका चुरे अभियानीहरुले आज जनकपुरको जनक चौकमा धर्ना तथा विरोध प्रदर्शन गरेका छन ।

चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक तथा टिएमएनसीका सदस्य सुनिल यादवले डिभिजन वन कार्यालय लहानका प्रमुख सुभास दासले फलफुलको विरुवा खरिदमा अनियमीतता गरेको खबर प्राप्त गरे पछि वन कार्यालयमा सुचना माग्न तथा वनको जग्गा मासेर मारुती सिमेन्टले प्रयोग गर्दै आएको वनको जग्गा फिर्ता हुनुपर्ने भन्दै ज्ञापनपत्र वुझाउन उनी सहित उनका टिम डिभिजन वन कार्यालय सिरहा पुगेका थिए ।

चुरे अभियन्ता यादवको अनुसार सिरहामा सुकुम्वासीको नाउमा पास भएको जग्गालाई गैरकानुनी तरिकाले मारुती सिमेन्टले खरिद गरेर वनको बिघौ जग्गा गैरकानुनी रुपमा उपभोग गर्दै आएको र सो जग्गामाथि छानवीन गरि वनलाई पुनः फिर्ता गराउन डिभिजन वन कार्यालय सिरहा लहानका प्रमुख सुभास दास को अगुवाईमा छानवीन समिति समेत गठन भएको थियो । छानवीन समिति गठन भएको वर्षो विति सक्दा पनि प्रमुख दासले प्रतिवेदन नबुझाएको र यस सम्वन्धमा जानकारी लिन खोज्दा वन प्रमुख दासले जानकारी दिन नमानेको जनाए ।

केही ठोस जानकारी नदिए पछी हामीले डिभिजन कार्यालय अगाडी शान्तिपूर्ण प्रदर्शन गरीरहेका थियौ तर उनीहरुले झडपको अवस्था सृजना गरि हाम्रो साथीहरु लाई प्रहरी लगाई पक्राउ गरी झुठा मुद्दा समेत लगाएको संयोजक यादव ले भने । पक्राउ भएका अभियन्ताहरु धरौटीमा छुटे पनि मुद्दा चलिनै रहेको जानकारी गराउदै सार्वजनिक सम्पत्तिलाई हिनामिना तथा अनियमितता बाट बचाउन लागेका हामी लाई कुनै तहको सरकार बाट समेत सहयोग नहुनु दुखद भएको उनले बताए ।

अभियन्ता सविता यादवले तीन चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको जानकारी गराए । अहिले जारी धर्ना कार्यक्रम दस दिन सम्म चल्ने र दोस्रो चरणमा रिले अनशन र अन्तिम चरणमा आमरण अनशनको कार्यक्रम समेत घोषणा भएको जनाए ।

                               

प्रतिक्रिया