धामीको ‘आश्रम’मा किशोरीको मृत्यु प्रकरण : त्रिशूलले घोचेर हत्या ,५ दिन म्याद थपेर धामीमाथि अनुसन्धान जारी


  • thebuddhaexpress

राजधानीमा त्रिशूलले शरीरका विभिन्न भागमा बालिकाको हत्या गरेको आरोप लागेकी धामीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । सिन्धुपाल्चोककी १४ वर्षीया किशोरीको राजधानीको नागार्जुन नगरपालिकास्थित धामी उमा शाही ठकुरीको धामीको आश्रममा मृत्यु भएको थियो ।

शुक्रबार भएको सो घटनापछि प्रहरीले लगत्तै आरोपितलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अभियुक्तमाथि आइतवार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको बताए ।

सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ बस्ने वर्ष १४ वर्षीया किशोरीलाई आमाले गत पुस ३ मै धामीकहाँ छाडेकी थिइन् । टाउको दुख्ने समस्या भएकी ती किशोरीलाई धामीले निको बनाउने आवश्वस्त पारेपछि आमाले त्यही छाडेर गएकी थिइन् । तर उनको त्रिशूलले घोचीघोची यातना दिएकै शनिबार मृत्यु भएको आफन्तको दावी छ ।

किशोरीलाई शनिबार बिहान गम्भीर उपचारका लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएपनि मृत्यु भइसकेको थियो । उक्त सूचना प्रहरीले अस्पतालको चिकित्सकबाट प्राप्त गरेपछि अनुसन्धानमा प्रहरी टोली खटाइएको थियो । किशोरीको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

                               

प्रतिक्रिया