नयाँ वर्षको अवसरमा फ्रान्स देशमा ८७४ वटा कार जलाइयो


  • thebuddhaexpress

फ्रान्समा अंग्रेजी नयाँ वर्ष-२०२१को अवसरमा शनिबार आयोजित कार्यक्रममा ८७४ वटा कार जलाइएको फ्रान्स सरकारले सार्वजनिक गरेको छ ।

फ्रान्सको गृह मन्त्रालयले सन् २०१९ को तुलनामा यस वष जलाइएको कारको संख्या निकै ठूलो रहेको जनाएको छ ।

कार जलाउनेलाई पक्राउ गर्ने र हिरासतमा राख्ने काम जारी रहेको फ्रान्सको प्रहरीले बताएको छ ।

गत वर्ष भने कोरोना नियन्त्रण गर्न लगाइएको कर्फ्युको कारण नयाँ वर्षको दिन कार जलाइएको थिएन ।

नयाँ वर्षको दिन कार जलाउनुलाई फ्रान्समा सामान्य घटनाको रुपमा लिइन्छ । सन् २००५ मा भएको दंगापछि नयाँ वर्षको दिन फ्रान्सका बिभिन्न सहरमा कार जलाउने गरिन्छ ।

यस वर्ष कार जलाउन नदिनको लागि फ्रान्स सरकारले ९५ हजार प्रहरी खटाएको थियो । यस्तै, ३२ हजार अग्नि नियन्त्रक र सुरक्षाकर्मी पनि तैनाथ गरिएको थियो ।

                               

प्रतिक्रिया