नेकपा एमाले द्वरा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन ह्वीप जारी


  • thebuddhaexpress

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भोलि हुने प्रतिनिधिसभाको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन ह्वीप जारी गरेका छन ।

प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधरले विश्वासको मत नदिने तयारी गरेपछि प्रमुख सचेतक भट्टराईले ह्विप जारी गरेका हुन् । उनले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेको जनाएका छन् ।

                               

प्रतिक्रिया