नेपाली सेनामा २२९ जना अधिकृत पदको लागि जागिर खुल्यो


  • thebuddhaexpress

नेपाली सेनामा दुई सय २९ जना उम्मेदवार अधिकृत पदको माग गर्दै आइतबार दरखास्त आह्वान गरेको छ।

भर्ना छनौट ,निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आइतबार सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग गरेको हो।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको निर्देशनालयले जनाएको छ।

आवेदन भर्न नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np बाट इच्छुक आवेदकले दरखास्त दिन सक्नेछन्।

खुलातर्फ १२६ जना माग भएको छ। महिलातर्फ २१, आदिवासी जनजातिमा ३३, मधेशीमा २९, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ ५ जनाको माग भएको छ।

आइतबार देखि माघ १७ गतेसम्म दरखास्त दिन सकिन्छ।१८ वर्ष पूरा भई २१ वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। तर स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएका २४ वर्षसम्मकाले दरखास्त दिन सक्नेछन्।

पुरूषका लागि उचाइ ५ फिट ३ इन्च र महिलालाई ५ फिट हुनुपर्दछ।

                               

प्रतिक्रिया