नोबेल मेडिकल कलेजमा झडप: आन्दोलनरत चार विधार्थी र तीन प्रहरी घाइते


  • thebuddhaexpress

विराटनगरको नोबेल मेडिकल शिक्षण अस्पतालमा आन्दोलनरत चार विद्यार्थी नेता र तीन प्रहरी घाइते भएका छन्। सोमवार मेडिकल कलेज अगाडि सिठी जुलुस प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले सिठ्ठी जुलुस गर्ने क्रममा उनीहरूमाथि कलेजका सुरक्षा गार्ड र विद्यार्थी बिच भिडन्त हुँदा चार जना विद्यार्थी नेता र तीन प्रहरी पनि घाइते भएका हुन्।

कलेजले एमबिबिएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी संगठनहरूले सोमबार पनि आन्दोलन जारी गरेका छन्।

घाइते हुनेहरूमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ताजिम अन्सारी, टेकेन क्षेत्री, दिपेन्द्र मेहता, अखिल (क्रान्तिकारी) मोरङका जिल्ला सहसचिव उमेश सेन्चुरी छन्।

कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्न खोजेको भन्दै लामो समयदेखि विभिन्न पाँच विद्यार्थी संगठनले आन्दोलन गर्दै आइरहेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङले एक साताभित्र अनुसन्धान गरेर विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको पाइए कलेज सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क वाहेकको काठमाडौं विश्वविद्यालयको रजिष्ट्रेशन शुल्क २५ हजार, एफिलेसन शुल्क ९८ हजार ५७९, परीक्षा शुल्क ११ हजार र नेपाल मेडिकल काउन्सिल रजिष्ट्रेशन शुल्क वापत ५ हजार र एक वर्षको होस्टेल शुल्क १ लाख २३ हजार कलेजले असुलिरहेको पीडित विद्यार्थीहरूको दावी छ ।

                               

प्रतिक्रिया