“पहिलाकै परीक्षा केन्द्र कायम गर” भन्दै सर्लाही क्याम्पसका विद्यार्थीहरु आन्दोलित


  • thebuddhaexpress

स्नातक चौथो वर्षको परीक्षा समय नजिकिएसँगै परीक्षा केन्द्र सारिएपछि सर्लाही क्याम्पस मलङ्वाका विद्यार्थी सोमबार दोस्रो दिन पनि आन्दोलनमा उत्रेका छन् । २० गतेदेखि हुने परीक्षाको केन्द्र सारिएपछि विद्यार्थी आन्दोलित भएका छन् ।

आन्दोलित विद्यार्थीहरु सोमबार बिहानैदेखि क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गर्दै सदरमुकाम मलङ्वामा समेत प्रदर्शन गरेका छन् ।

उनिहरुले पहिलाकै परीक्षा केन्द्र कायम गर, विद्यार्थी एकता जिन्दावाद र टियू मुर्दाबाद लगायतका नारा लगाएर टायर बालेर प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि बिहानैदेखि यातायात चल्न सकेको छैनन् । संयुक्त विद्यार्थी संगठन मिलेर गरेको आन्दोलनले सारिएको परीक्षा केन्द्र सर्लाही क्याम्पसमै राखिनुपर्ने उनिहरुको जोडेदार माग राखेको छ ।

आन्दोलित बनेका विद्यार्थीहरुले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका हुन्।

चिसोको मौसममा परीक्षा केन्द्र सारिएपछि विद्यार्थीलाई आवतजावत गर्न कठिनाइ हुने संयुक्त विद्यार्थी संगठनले जनाएकाे छ । अचानक परीक्षा केन्द्र सारिएपछि कोठा व्यवस्थापन गरेर बस्नलाई समेत कठिनाइ हुने विद्यार्थीहरुले बताएका छन् ।

मागहरु सम्बोधन नगरे आन्दोलन जारी रहने बिधार्थीहरु जनकारी दिए।

                               

प्रतिक्रिया