पुरानै ढाँचामा त्रिचन्द्र कलेज र घन्टाघरको पुननिर्माण गरिने


  • सुरज सिंह

राष्ट्रको सबैभन्दा जेष्ठ र पुरानो क्याम्पस त्रिचन्द्र कलेज र  घण्टाघरलाई जिर्ण अवस्थामा रहेकोले ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विद्येयक अन्तर्गत आर्थिक वर्ष २०७८/७९ को संसोधित बजेटमार्फत “मुलुककै सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने” प्रबन्ध गरिने घोषणा गरेका हुन् ।

अध्यादेश अनुसार विश्वविद्यालयहरूलाई पूर्वाधार विकाससहित अनुसन्धान केन्द्रका रुपमा विकास गरिने उल्लेख गरिएको छ । नारायणहिटी दरबार संग्रहालयमा ‘रामापिथेकस’ देखि देशको सम्पूर्ण कालखण्ड झल्किने ऐतिहासिक प्रतिमा राखेर शासकीय संग्रहालयका रुपमा विकास गर्ने अध्यादेशमा उल्लेख छ ।

२०७२ सालको महाभूकम्पबाट जीर्ण र क्षतिग्रस्त भएको अवस्थालाई हालसम्म १०४ बर्षमा प्रवेश त्रिचन्द्र कलेजको पुन-निर्माण प्राधिकरणले ध्यान नदिएर उक्त अबस्थामा पुगेको हो ।  नेपालकै इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको भवन नबन्दा इतिहासबाटै मेटिने अवस्था समेतमा पुगेको हो।

                               

प्रतिक्रिया