पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा ग्यास सिलिण्डर सहित प्रदर्शन


  • सुरज सिंह

सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकटका विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौं भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।

संयुक्त विद्यार्थी आन्दोलनले सिलिण्डर ग्याससहित प्रदर्शन गरेको थियो । उनीहरुले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिनुपर्ने, आयल निगका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई बर्खास्त गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रदर्शनकारीले मलाई बल्न देऊ, आयल निगमले व्यापार गर्न पाइँदैन, मूल्यवृद्धि चाहिँदैन,मलाई किन यति अमूल्य बनायौ?, गरिब जनताको घरमा म कसरी बल्ने?’’ लेखिएको थियो।

मूल्य वृद्धि फिर्ताको माग गर्दै विद्यार्थीहरुले कात्तिक २५ देखि मंसिर ५ सम्मका चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल आयल निगमले हालै खाना पकाउने ग्यास, पेट्रोल र डिजेलमा मूल्यवृद्धि गरेपछि विद्यार्थीहरुले आन्दोलन गरेका छन् ।

                               

प्रतिक्रिया