#नेपाल बन्द

प्रचण्ड-नेपाल पक्षले गरे नेपाल बन्द को घोषणा


  • Buddha Express

नेकपाको एक पक्ष (प्रचण्ड–नेपाल पक्ष) ले बिहीबार नेपाल बन्द गर्ने घोषणा गरेको छ। काठमान्डौ स्थित पेरिस डाँडामा संघर्ष समितिका सह संयोजक पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेकि हुन ।

 सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार हड्ताल गर्ने निर्णयमा पुगेको नेतृ पम्फा भुसालले जानकारी दिइन् । 

यस अघि प्रतिनिधि सभा विघटन विरुद्धको संघर्षका कार्यक्रमलाई परिमार्जित गर्दै नेपाल बन्दको घोषणा गरिएको हो भनेर प्रचण्ड -नेपाल पक्षका नेतृ भुसालले जानकारी गराएको छ। उनले भने असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगमा पदाधिकारीहरुलाई सपथ खुवाईएकोमा हामी घोर भत्र्सना गर्दछौ । 

नेपाल बन्द गर्नु हाम्रो बाध्यता हो र यस संघर्षमा सबैलाई सहयोग गर्न आग्रह समेत गरेकी छन् । बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ । घोषीत बन्दको पुर्ब सन्ध्यामा (आजै साँझ) मसाल जुलुस निकालिने पत्रकार सम्मेलनमा नेतृ भुषालले जानकारी दिइन् ।  माघ २३ गतेका दिन काठमान्डौमा नेकपा अोली पक्षले पनि सरकारको पक्षमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

                               

प्रतिक्रिया