‘प्रदेश सरकार खबरदार वीरगन्ज राजधानी हाम्राे पुकार’ भन्दै दबाब मुलक प्रदर्शन


  • thebuddhaexpress

‘प्रदेश सरकार खबरदार वीरगन्ज राजधानी हाम्राे पुकार’ भन्दै दबाब मुलक प्रदर्शन गरिएका छन्।

पर्सा‌ जिल्लाको वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ। मंगलबार कांग्रेस वीरगञ्ज महानगर समितिले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन माग गर्दै सरकारलाई दबाव जुलुससहित प्रदर्शन गरेको हो।

प्रदेशको राजधानीको माग गर्दै घण्टाघरबाट निस्किएको विरोध जुलुस वीरगञ्ज महानगरको परिक्रमा गरी पुनः घण्टाघरमै आएर कोण सभामा परिणत भएको थियो। विरोध जुलुसमा सहभागी भएका नेता कार्यकर्ताहरुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध नाराबाजी गरेका थिए।

प्रदर्शनकारीले ‘बिरगंज राजधानी बनाऔँ , प्रदेश सरकार खबरदार वीरगन्ज राजधानी हाम्राे पुकार , मुख्यमन्त्री चाहिँदैन देश बेचन पाइदैन ’लगायतका नारा सहित जुलुस प्रर्दशन गरेका थिए।

विरोध जुलुसपछि आयोजित कोण सभामा बोल्ने कांग्रेस नेताहरुले वीरगञ्जलाई राजधानी नबनाउनको लागि प्रदेश सांसदहरुले चलखेल गरिरहेको बताएका थिए। वीरगञ्जसित धोखा गर्ने काम भइरहेको आरोप उनीहरुको थियो।

कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका प्रदेश सांसद शंकर चौधरीले मधेसी दलहरुले वीरगञ्जमा आन्दोलन गर्ने बेलामा वीरगञ्जलाई नै प्रदेशको राजधानी बनाउने भने पनि अहिले आएर उनीहरुले नै जनकपुरलाई राजधानी बनाउन लागि परेको बताए। उनले मधेसी दलका नेताहरुले आन्दोलन गर्ने बेलामा जनतासित वीरगञ्ज राजधानी बनाउन गरेको वाचा पूरा गर्न पनि उनले माग गरे।

                               

प्रतिक्रिया