प्रदेश सरकार र चुरे अभियानी बिच ७ बुंदे सहमति : मन्त्रीको प्रतिबद्धता पछि तोडीयो भुख हडताल


  • सुरज सिंह

चुरे क्षेत्रको प्रभावकारी व्यवस्थापन गरी प्राकृतिक स्रोत साधन संरक्षण तथा तराई मधेसलाई मरुभूमिकरण बचाउन अभियान चलाइरहेका अभियानी र प्रदेश सरकार बिच आज भाद्र ४ साँझ ६ बजे विभिन्न सर्त सहित द्विपक्षीय सहमति भएको छ। चुरे तथा वनजङ्गल संरक्षण अभियान द्वारा उठाइएको मांग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेको भन्दै प्रदेश सरकार र चुरे तथा वनजंगल संरक्षण अभियानकर्ता बिच ७ बूंदे सहमतिमा हस्ताक्षर भई जारी अनशन आज ९ औं दिन स्थगित गरिएको छ । प्रदेश सरकारको तर्फ बाट भौतिक पुर्वाधार मन्त्री राम सरोज यादव र चुरे तथा वन जंगल संरक्षण अभियानका सल्लाहकार समेत रहेका अभियन्ता सरोज राय द्वरा हस्ताक्षर भइ लिखीत सहमति भएपछि मात्र अनशन स्थगित भएको जनाएका छन ।

चुरे वनजङ्गल संरक्षण अभियानका आज ९ औं दिन अनशनमा बसेका अमन यादव र रानी राय (भूमिहार), अभियानका राष्ट्रिय संयोजक सुनील यादव, बारा जिल्ला संयोजक सुनील कुशवाहा, महोत्तरी संयोजक सबिता यादव, अभियानी राजकुमार चौधरीको साथ अभियानमा सहयोग गर्ने प्रवीण साह, पवन कर्ण लगायत विभिन्न व्यक्तिको निरन्तर प्रयासको कारण प्रदेश सरकारले मांग सम्बोधन गर्ने सहमतिमा आएको अभियन्ता रायले बताउनुभयो ।

चुरे वन जङ्गल संरक्षण अभियानमा निरन्तर मुद्दा उठान गरिदिएका सबै पत्रकार बन्धु, अनशन स्थलमा आएर तथा समाजिक संजाल मार्फत समर्थन गरेका सम्पूर्ण संघसंगठन, राजनितिक दल लगायत लाई धन्यवाद दिदै चुरेको समस्या बारे आफुहरु सदैव लडीरहने र मधेश लाई मरुभूमि बाट बचाउन हरदम तत्परताका साथ लागि रहने अभियन्ता राय ले भने ।

प्रदेश सरकारको मन्त्री यादवले क्रसर माफियाहरु द्वरा मारिएका दिलीप महतोलाई पर्यावरण शहिद घोषणा गराउन पहल गर्ने तथा उनको परिवारको एकजना सदस्यलाई सरकारी जागिर दिने सहमति समेत गरेका छन । साथै मारुती सिमेन्टले अतिक्रमण गरेको जग्गा लाई छानविन गरि फिर्ता गराउने र दोसी देखीए कानुन अनुसार कर्वाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

                               

प्रतिक्रिया