प्रदेश २:राज्यमन्त्री सवार गाडी पल्टिएर खेतमा, ६ जना घाइते


  • thebuddhaexpress

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण चढेको गाडी बुधबार साँझ सप्तरीमा दुर्घटनामा परेको छ । राज्यमन्त्री सवार गाडी दुर्घटना हुँँदा ६ जना घाइते भएका छ ।

सप्तरीको बिष्णुपुर गाउँपालिका-७ नहर चोकस्थित सखडा जाने भित्री सडक खण्डमा राज्यमन्त्रीसहित ६ जना सवार ज १ झ ४०६ नम्बर प्लेटको गाडी दुर्घटना हुँदा सप्तरीको खडक नगरपालिका ६ बस्ने ४० वर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने ४५ वर्षीय प्रथमलाल राम, राजविराज नगरपालिका बस्ने ३० वर्षीय ध्रुव मण्डल, गाडी चालक शम्भुनाथ नगरपालिका ६ बस्ने २५ बर्षीय विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आज साँझ सप्तरीको छिन्नमस्ता गाउँपालिका १ जोलहनिया पुल नजिक गाडी अनियन्त्रित भई अचानक पल्टिएर खेतमा पुगेर दुर्घटना भएको थियो।

राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका-६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ।

                               

प्रतिक्रिया