प्रदेश २ को नाम: मधेश प्रदेश, जानकी प्रदेश, मध्यमधेश प्रदेश र मिथिला भोजपुरा प्रदेश प्रस्ताव


  • thebuddhaexpress

प्रदेश २ को नामका लागि चारवटा नाम प्रदेश सभा बैठकमा प्रस्ताव पेश गरिएकाे छ । बिहीबार बसेको प्रदेश सभा बैठकमा ‘मधेश प्रदेश’, ‘जानकी प्रदेश, मध्यमधेश प्रदेश र मिथिला भोजपुरासहितकाे नाम पेश गरिएकाे हो ।

सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रबाट मधेश प्रदेश प्रस्ताव पेस गरिएको छ भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन गरेको हो ।

त्यस्तै अर्को सत्तारुढ दल नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम जानकी प्रदेश प्रस्ताव पेश गरिएको छ भने कांग्रेसले मिथिला भोजपुरा नामको प्रस्ताव पेश गरेको छ ।

त्यस्तै कांग्रेसकै प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश प्रस्ताव पेश गरेको छ। जसपाको तर्फबाट शैलेन्द्र कुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरत प्रसाद साह, नेकपा एसको तर्फबाट प्रमोद कुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेश गरेका छन ।

नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामाकरणको प्रस्ताव भने आज पेश हुन सकेको छैन् । सभामुख सरोज यादवले शारदा थापाले नामाकरण सम्बन्धमा पेश गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको जनाइएकाे छ ।

                               

प्रतिक्रिया