प्रदेश २: महोत्तरीमा गाँजासहित ४ जना पक्राउ


  • thebuddhaexpress

महोत्तरी जिल्लाको गौशाला नगरपालिका-०४ स्थित रजखोरबाट ८ किलो गाँजासहित ४ जना व्यक्ति बिहिबार पक्राउ परेका छन् । प्रकाउ परेका मध्ये रजखोरका ७० वर्षका रामचन्द्र साहको घरबाट बिक्रीको लागि राखिएको ३ किलो गाँजासहित साह र उनका २१ वर्षका नाति रोहित पक्राउ परेका हुन् ।

त्यस्तै,गौशलाकै रजखोरबाट ५३ वर्षका उपेन्द्र साहको घरबाट तयारी अवस्थाको ५ किलो गाँजासहित उपेन्द्र र उनका छोरा १९ वर्षका विवेक साहलाई नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

उनले रामचन्द्रको घरबाट डिजिटल तराजु एक थान, ११ सय नेपाली रुपैयाँ र उपेन्द्रको घरबाट एक थान डिजिटल तराजुसहित ६ हजार ५ सय रुपैयाँ नगद बरामद गरिएको जनाए ।

पक्राउ परेकालाई जिल्ला अदालत महोत्तरीबाट लागूऔषध गाँजा मुद्दामा ५ दिन म्याद थपी अनुसन्धान अघि बढाइएको डिएसपी विष्टले जानकारी दिए ।

                               

प्रतिक्रिया