प्रदेश २: लालबाबु राउत मुर्दावाद भन्दै नारा, राजधानी वीरगन्जमा बनाउन जुलुस प्रर्दशन


  • thebuddhaexpress

प्रदेश २ को स्थायी राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुको अगुवाइमा दबाबमुलक जुलुस निकालेर प्रदर्शन गरिएको हो।

प्रदर्शनकारीले ‘मुख्यमन्त्री चाहिँदैन, वीरगन्ज बेच्न पाइँदैन, मुख्यमन्त्री मुर्दावाद, विद्यायकहरु होसियार’ भन्दै नारा लगाउदै जुलुस निकालेका थिए।

वीरगन्जको आदर्शनग स्थित स्वीमिङपुल परिसरबाट बाजागाजासहित निस्किएको जुलुस आदर्शनगर, अलखियामठ, गीता मन्दिर, माइस्थान हुँदै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

                               

प्रतिक्रिया