प्रधानन्यायाधीशबाट जबरा निलम्बित


  • thebuddhaexpress

प्रधानन्यायाधीशबाट चोलेन्द्रशम्शेर जबरा निलम्बित भएको छ।

जबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।

काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

संसद् सचिवालयले जबरा निलम्बनमा परेकाे सूचना प्रकाशित गरेसँगै उहाँमाथि महाअभियाेग लागेकाे पत्र बुझेर अदालतबाट बाहिरिनुभएकाे हाे ।

महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पाएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन् ।

प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको पद सम्हाल्नुभएको हो । जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको छ ।

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव यस छन्-

                               

प्रतिक्रिया