प्रधानमन्त्री पदमा फेरि पनि केपी शर्मा ओली नियुक्त


  • thebuddhaexpress

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई एक पटक फेरी राष्ट्रपति द्वरा प्रधानमन्त्री पदमा नियुक्त गरीएको छ । उनले आज संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भनेको छ,’सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सवैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता माननीय श्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

यसअघि राष्ट्रपति भण्डारीले २७ वैशाखमा संविधानको धारा ७६ को उपधारा २ बमोजिम तीन दिनभित्र दुई वा दुईभन्दा बढी दलको बहुमतप्राप्त सरकार गठनको आव्हान गरेको समय आज साँझ ९ बजे सकिएको थियो ।
विपक्षी दलहरूसँग बहुमत नपुग्ने भएपछि कसैले पनि दाबी नगरेका हुन् । सत्तारुढ नेकपा एमालेले पनि राष्ट्रपतिको आह्वानअनुसार प्रधानमन्त्रीमा दाबी नगर्ने निर्णय गरेको थियो । कसैले पनि बहुमतको प्रधानमन्त्री बन्न दाबी प्रस्तुत नगरेपछि संविधान अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका हुन् ।

                               

प्रतिक्रिया