प्राथमिक उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • सुरज सिंह

युवा रेडक्रस सर्कल (यु.रे.स)- त्रिचन्द्रले प्राथमिक उपचार सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम घण्टाघर स्थीत त्रिचन्द्र कलेजको प्राङ्गणमा शनिबार सम्पन्न भएको ।

दुर्घटनामा हुनसक्ने मानवीय पीडालाई कम गराउने उद्देश्यले युवा रेड्क्रस सर्कल -त्रिचन्द्रले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

युरेस-त्रिचन्द्रको पुर्ब अध्यक्ष अनुप रेग्मीले कार्यक्रममा रक्तस्राव रोकथाम, हाड भाँचिने, पोलाइ, घाँटीमा अड्किने,बेहोस र दुर्घटनाका समयमा प्राथमिक उपचार तत्कालै पुर्‍याउने भन्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गराउनुभयो।

दुर्घटनामा हाथ, खुट्टा मर्केमा पट्टी कसरी लगाउने बारे सैद्धान्तिक रूपमा कार्यक्रमकी युरेस- त्रिचन्द्रकी बर्तमान सल्लाहकार बन्धना पोखरेलले जानकारी गराउनुभयो।

३४ जनाको सहभागितामा युरेस -त्रिचन्द्रको पूर्व अध्यक्ष अनुप रेग्मी , पुर्व सचिव सुष्मा अर्याल, वर्तमान सल्लाहकार बन्दना पोखरेल, उपाध्यक्ष अप्सरा बस्नेत, सचिव सुरक्षा अधिकारी तथा कार्यकारी सदस्यहरु,उप-कार्यकारी सदस्यहरु लगायत अन्य साधारण सदस्यको उपस्थितिमा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। किन जान्नुपर्छ प्राथमिक उपचार ?

प्राथमिक उपचार भनेको कुनैपनि दुर्घटना लगत्तै गरिने सामान्य रोकथाम विधी हो ।

तपाईं, हामी, जो कोही पनि दुर्घटनामा पर्न सक्छौं । हाम्रा परिवकार सदस्यहरु पर्न सक्छन् । घरमा कुनै सदस्य लडेर चोट लाग्न सक्छ । आगोले पोल्न सक्छ । यस्तो अवस्थामा प्राथमिक उपचार जानिएको छ भने संभावित जोखिमबाट बच्न सकिन्छ ।

त्यसैले प्राथमिक उपचारबारे हरेकलाई ज्ञान हुनुपर्छ । यो एक दैनिक जीवनपायनको आधारभूत ज्ञान नै हो । घर परिवारका कुनै न कुनै सदस्यलाई प्राथमिक उपचारबारे ज्ञान छ भने कतिपय अप्ठ्याराबाट सजिलै बच्न सकिन्छ ।

प्राथमिक उपचारको उदेश्य:

– संभावित जोखिमबाट बचाउँनु । जीवन बचाउनु ।
– अवस्था अरु खराब वा जोखिमपूर्ण हुन नदिनु ।
– उचित उपचारका लागि सम्बन्धित स्थानमा पुर्‍याउँनु ।
– अवस्थामा सुधार ल्याउनु ।

प्राथमिक उपचारको सिद्धान्त:

उपचारकले सुरुमा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिनु । यो अस्थायी हेरचाह मात्र हो । मानवतामा आधारित नैतिक सहयोग, निष्पक्षता, टथस्थता, ऐच्छिक सेवा । जानी गर, हानी नगर भन्ने हो ।

प्राथमिक उपचारका मूख्य जिम्मेवारी:

-सुरक्षाको स्थिती सुनिश्चित गर्ने

  • उपलब्ध साधन श्रोतको उपयोग गर्ने
    – जाँच, परीक्षण गर्ने ।
    – प्राथमिक उपचार गर्ने ।
    – ओसार्ने र विवरण दिने ।
प्राथमिक उपचारका नियमहरु:

– दुर्घटनास्थलमा सकेसम्म चाडै पुग्ने प्रयास गर्ने ।
– प्राथमिक उपचार स्वयम् नहडबडाइएकन प्राथमिकताको आधारमा, सिकिस्त र जोखिम भएका घाइतेहरुलाई प्राथमिकता दिएर उपचार गर्नुपर्छ ।
– रोगी तथा नातेदारसाई सान्तवना दिनुपर्छ ।
– रत्तश्राव भएको भए त्यसलाई रोक्ने प्रयास गर्नुपर्छ ।
– घाईते वा पीडितलाई सजिलो एवं आरमसाथ सुताउने ।
– शरीरमा लगाएको लुगा असहज भए फुकाइदिने ।
– सकेसम्म चाडै विशेष उपचारका लागि पठाउने वा पहल गर्ने ।
– उपचार सेवा भएको स्थानमा पुर्‍याउने ।

प्राथमिक उपचारको क्षेत्र:

प्राथमिक उपचारकले रोगी वा चोटपटक लागेका व्यक्तिको जाँच गरेर समस्या वा चोटका सम्बन्धमा सम्पूर्ण जानकारी लिनु ।

उपचार : रोग अथवा चोटको उचित मूल्यांकन पछि जीवन जोगाउने र पुनः चोट लाग्नसक्ने स्थितीबाट बचाउने । समस्याबाट पूर्ण रुपमा छुटकारा दिलाउन पीडितलाई सुरक्षित वा आवश्यक उपचारको निमित्त सुविधा सम्पन्न संस्थामा पठाउने ।

प्राथमिक उपचारमा तुरुन्त गर्नुपर्ने काम:

-दुर्घटनास्थलमा तुरुन्तै पुगेर निरिक्षण गर्ने ।
– घाइतेलाई असुरक्षित ठाउँबाट सुरक्षित ठाउँमा राख्ने ।
– प्राथमिकता निर्धारण गरेर काम गर्ने । जस्तो सबैभन्दा चिन्ताजनक अवस्थामा रहेकालाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने ।
– श्वसप्रश्वास निरिक्षण गर्ने । श्वासमार्ग खुकुलो बनाइदिने ।
– रगत बगिरहेको भए कुनैपनि उपया अपनाएर रक्तश्राव रोक्ने ।
– मुटुको चाल बन्द भएको भए तुरुन्तै कार्डियो मसाज दिने ।
– हात खुट्टा भाँचिएको भए काम्रो बाध्ने । घाइतेलाई धेरै हलचल नगराई होशियारीपूर्वक बोकेर उपचारका लागि स्वास्थ्य संस्थामा पुर्‍याउने ।
– दुर्घटनाको रेकर्ड राख्ने ।
– ३ देखि ४ मिनेटसम्म अक्सिजन मस्तिष्कमा पुगेन भने बे्रन डेड हुने भएकाले दुर्घटनामा परेका घाइतको श्वास प्रश्वास निरन्तर गराउन प्राथमिक उपचारको महत्वपूर्ण भूमिका छ ।
– यसमा श्वास भित्र लिने र बाहिर छाड्ने भए प्रयाप्त छ कि छैन हेर्ने ।
– यदि सास फेरिरहेको छैन भने श्वास प्रश्वासको गति ढिलो छ भने मुखबाट मुख जोडेर श्वासप्रश्वास गराउने ।

                               

प्रतिक्रिया