फागुन १ गते देखि बिधालय खुल्ने


  • thebuddhaexpress

फागुन १ देखि भौतिक उपस्थितीसहित विद्यालय सञ्चालन गर्ने भएको छ । सरकारले स्थानीय तहले नै आफ्नो क्षेत्रको कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने सक्ने निर्णय गरेको छ।

सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो।

शुक्रबार सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयको बैठकमा शिक्षा मन्त्रालय, सीसीएमसी, प्याब्सन र अभिभावकका प्रतिनिधि सहभागी भएको हो ।

प्रतिनिधिलगायतको छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ गते आइतवारदेखि विद्यालय खोल्न सुझाव दिएका थिए ।

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ महिनासम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले रहेका छन् ।

                               

प्रतिक्रिया