बढी शुल्क लिएको भन्दै मेडिकल कलेज प्रति सात विद्यार्थी संगठनको आपत्ति


  • thebuddhaexpress

चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएको गुनासो आएपछि विभिन्न सात विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।

काठमाडौं मेडिकल कलेज सिनामंगल, नोवेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले बढी शुल्क लिएको घटनाप्रति आपत्ति जनाउँदै उनीहरूले संयुक्तरूपमा शुक्रबार विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् ।

विद्यार्थीहरुले प्रकाशन गरेको संयुक्त विज्ञप्तिमा ‘चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरीत काठमाडौ विश्वविद्यालयका सम्बन्धन प्राप्त मेडिकल कलेजहरु काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणीपाल मेडिकल कलेज कास्कीले २०७८ को नयाँ भर्नामा एमबीबीएस, बीडीएस र नर्सिङमा राज्यले तोकेको भन्दा विद्यार्थीहरुबाट आफूखुशी विभिन्न बहानामा लाखौं रुपैयाँ नाजायज शुल्क लिएको गुनासो आएको र मणीपाल मेडिकल कलेज पोखरा, काठमाडौ मेडिकल कलेज, नोवेल मेडिकल कलेज मोरङमा विद्यार्थीहरु आन्दोलित भएको प्रती संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सो विज्ञप्तिमा, ‘चिकित्सा शिक्षाका विद्यार्थीहरुको जायज मागहरुमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गर्दछौं, अन्यथा विद्यार्थीहरुको पक्षमा सयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र यस बाट उत्पन्न हुने परिणाम स्वयं कलेजले भोग्नु पर्ने छ भन्ने छ जानकारी पनि यसै विज्ञप्ति मार्फत जनकारी गराउदछौं ’ भन्ने उल्लेख गरिएको छ ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियूलगायत सात विद्यार्थी संगठनको संयुक्त विज्ञप्तिमा भनिएको छ,’चिकित्सा शिक्षाका विद्यार्थीहरूको जायज मागहरूमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीहरूलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गर्दछौं ।’

विज्ञप्तिमा नेविसंघका अध्यक्षराजिव ढुंगाना, अध्यक्ष अखिल (क्रान्तिकारी) का पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विदँर्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ,अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही र अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् ।

                               

प्रतिक्रिया