बर्जु महोत्सवमा खेसारीलाल नआएपछि तोडफोड र आगजनी


  • thebuddhaexpress

सुनसरीको बर्जु गाउँपालिकामा मंगलबार आयोजित बर्जु महोत्सवमा आउने भनेर प्रचार गरिएका कलाकार नआएपछि महोत्सव हेर्न आउने दर्शकले तोडफोड तथा आगजनी गरेका छन् ।

भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनेर प्रचार गरे पनि उनी नआएपछि तोडफोड भएको हो ।

महोत्सवमा मंगलबार यादव आउने भनेर प्रचार गरिएको थियो । बर्जु गाउँपालिका ६ चिमडीस्थित रहेको बर्जु तालको परिसरमा पुस २३ गते बाट महोत्सव सुरु भएको थियो ।

दर्शकले प्रवेश शुल्क रु.५०० तिरेका हुन्।

आक्रोशित भीडले त्यहाँ रहेका दर्जनौं सवारीमा पनि आगजनी गरेका छन् । त्यस्तै महोत्सवको मञ्ज पनि तोडफोड गरेका छन् ।

                               

प्रतिक्रिया