बलात्कार विरुद्ध “सिंहदरवार महिला मार्च” हुने


  • thebuddhaexpress

शृङ्खलाबद्ध रुपमा भइरहेको बलात्कारका घटनाको विरुद्ध “सिंहदरवार महिला मार्च ” हुने भएको छ ।

पुष ५ गते प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरि कु गरेको र उन्को उक्त कदम असंबैधानिक मात्रै नभइ प्रतिगामी पनि रहेको ठहर गर्दै चरनबद्व रुपमा विभिन्न रचनात्मक किसिमको आन्दोलन गर्दै आइरहेको वृहत् नागरिक आन्दोलनले “सिंहदरवार महिला मार्च ” गर्ने एक बिज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

आन्दोलनका तर्फबाट मोहना अन्सारी, अर्चना थापा, रिता शाह, रिता परियार, प्रणेता, प्रणिका कोयु, प्रकृति भट्टराई, कैलाश राई  र दोभान राईले एक अपिल पत्र सार्वजनिक गर्दै शुक्रबार २ बजे बसन्तपुरमा भेला भइ न्युरोड – रत्नपार्क – भद्रकाली हुँदै सिंहदरबार मुलगेट सम्म हुने मार्चमा सहभागी हुन अपिल गरेका छन् ।

‘एकपछि अर्को बलात्कारलाई मूकदर्शक भइ हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन । यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौ ?,’ नागरिक आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखी भागीरथ भट्टसम्म – यो सिलसिला अब सधैंका लागि बन्द हुनुपर्छ । सबै पीडितले न्याय पाउनुपर्छ । पुरुषप्रधान कानुन र सत्ताका आडमा कुनै अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु हुँदैन । हाम्रा घर, संविधान, कानुन, संस्था सबै अब बदलिनुपर्छ ।’

सबै किसिमको महिला हत्या ,हिंसा र दण्डहीनताको समुल अन्त्य गर्न नागरिक आन्दोलन आन्दोलित रहेको अपिल पत्रमा उल्लेख गरिएको छ ।

                               

प्रतिक्रिया