बानेश्वर तनावग्रस्त: प्रदर्शनकारी माथि पानीको फोहोरा प्रहार ,कैंयौंलाई प्रकाउ


  • thebuddhaexpress

एमसिसी विरुद्धको प्रदर्शनको क्रममा बानेश्वर स्थित संसद भवनको अवस्था तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरु संसद भवनको मुख्य गेटमा प्रहरी घेरा तोडेर अघि बढेका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन र तितरवितर पार्नका लागि पानीको फोहोराले हिर्काएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा तथा इट्टा प्रहार गरेका छन् । दर्जनौंका दर्जन प्रदर्शनकारीहरुलाई प्रहरिले प्रकाउ गरिसकेको छ।

बुधबार संसद बैठकमा एमसिसी पेश गर्ने तयारी गरेको भए पनि नहुने भएको छ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका र
प्रदर्शनमा उत्रेका हुन्।

                               

प्रतिक्रिया