बालविवाह मुद्दामा पाँच जनालाई जरिवाना सहित कैद


  • thebuddhaexpress

बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । सोमबार जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो ।

उनीहरूलाई जनही रु.पाँच पाँच हजार जरिवानाको फैसला भएको तनहुँ अदालतले जनाएको छ । पक्राउ परेका गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ । दुई जनाको नाम भने खुलाइएको छैन ।

प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो ।

                               

प्रतिक्रिया