‘मधेश प्रदेश’का मुख्यमन्त्री राउतको घर माथी ढुङ्गामुढा प्रहार


  • thebuddhaexpress

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घर माथी ढुङ्गामुढा प्रहार गरेका हुन्। । मंगलबार वीरगन्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै एक समूह आन्दोलनकारीले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुङ्गा प्रहार गरेका छन्।

प्रदेशको राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै काँग्रेसको वीरगञ्ज महानगर समितिले निकालेको जुलुसले ढुङ्गा प्रहार गरेको र मुख्य राउतको घरको सिसा फुटेको जनाइएको छ ।

अहिले राउतको घरअगाडि प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको छ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जुलसमा गएकामध्येका एक युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेको झ्यालमा सामान्य क्षति भएको बताए । उनले भने, ‘ढुङ्गा फ्याल्नेको खोजी गर्ने भइरहेको छ ।’

यता,प्रदेशसभाबाट सोमबार प्रदेश २ को नाम ‘मधेस’ प्रदेश राखेको भन्दै जनकपुरधाममा प्रदेशसभा सदस्य विरुद्ध पुतला दहन गरिएका छन्।मंगलबार मधेश आन्दोलनकारीको एक समूहले स्थानीय जानकीचोकमा पनि प्रदेशसभा सदस्यको पुतला दहन गरेर सडकमा उत्रिएका छन्।

                               

प्रतिक्रिया