मधेसी महिलाबाट ‘पुजा सिंह’ पहिलो डिआइजी


  • thebuddhaexpress

मधेसको महिलाबाट पहिलोपटक डीआईजीमा पूजा सिंह बन्न पुगेको हो।नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा पूजा सिंहको बढुवा गरेकोमा सप्तरी जिल्लाबाट आएको प्रतिनिधिमण्डलले गृहमन्त्री बालकृष्ण खाणलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिनिधिमण्डलले गृहमन्त्री खाँणलाई मन्त्रालयमा भेटेर मधेसका महिलाबाट पहिलोपटक डिआइजी पदोन्नती गरेकामा धन्यवाद दिएको हो । “मधेसी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौँ”, कांग्रेस केन्द्रीय सदस्य यादवले भन्नुभयो, “अब हामीले प्रधानमन्त्रीलाई पनि भेटेर धन्यवाद ज्ञापन गर्छाैं । सरकारले उदाहरणीय काम गरेको छ ।”

सरकारको गृह मन्त्रालय , बढुवा समितिको सचिवालयले पुष २३गते सिंहलाई बढुवा गरेको बढुवा समितिको सदस्य सचिव विश्वराज पोखरेलले जनाएको हो।

सिफारिस सूची प्रहरी नियमावली,२०७१(संसोधन सहित) को नियम २७को उप-नियम (४) अनुसार उक्त पदमा बढुवा गरेको हो।

प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएकी सिंह प्रहरी सङ्गठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा परिचय बनाउनुभएको छ ।

                               

प्रतिक्रिया